जीवन विकास लघुवित्तको लक इन अवधि असार २२ गते सकिँदै

१७ जेष्ठ २०८१, बिहीबार १२:२६

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि सकिने भएको छ । आउदो असार २२ गते कम्पनीको ९१ लाख बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।

कम्पनीको हाल ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक शेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीहरूको शेयर (बोनस शेयर समेत) लक इनमा रहेको छ ।

कम्पनीले सर्वसाधारण र कर्मचारीका लागि २०७८ असार ११ गतेदेखि असार १५ गतेसम्म बिक्री खुला गरेको आईपीओ असार २३ गते नै बाँडफाँड गरेको थियो । धितोपत्र बोर्डले कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरी बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक शेयरधनी तथा कर्मचारीले धारण गरेको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम हाल कम्पनीको शेयर लक इनमा रहेको छ ।

साथै, कम्पनीको संचालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने खरिद बिक्री गर्न नपाईने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*