भुजुङ्ग हाइड्रोपावरले पूँजी बृद्धि गर्ने निर्णय, बोलायो विशेष साधारण सभा

१८ जेष्ठ २०८१, शुक्रबार १२:५२

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पूँजी बृद्धि गर्ने निर्णय गरेको छ । पूँजी बृद्धि सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार २ गते विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्दै पूँजी बृद्धि गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय टोखा, काठमाडौंमा विहान ११ बजे शुरू हुनेछ ।

कर्जा सूविधा लिने सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ । जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*