१८ वाणिज्य बैंकको शेयर मूल्य घट्यो, अब कतिमा किन्न सकिन्छ ?

१८ जेष्ठ २०८१, शुक्रबार १८:१२

काठमाडौँ । यो साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजेटपछिका दुबै कारोबारको दिन शेयर बजार घटेको हो ।

बिहिबारको दिन बैंकिङ समूहको १९.६६ अकंले घटेर १११९.२५ बिन्दुमा बन्द भएको छ । सो दिन नेप्सेमा कारोबार भएका १९ वाणिज्य बैंक मध्य १८ वटाको शेयर मूल्य ओरालो लागेको हो ।

अन्तिम कारोबारको दिन सिद्धार्थ बैंकको शेयर मूल्य मात्र बढेको छ । कम्पनीको शेयर प्रतिकित्ता १.७५ प्रतिशत अर्थात् ४.१ रुपैयाँले बढेर २३९ रुपैयाँ पुगेको छ ।

यसदिन माछापुच्छे« बैंकको शेयर मूल्य सर्वोधिक घटेको हो । कम्पनीको शेयर प्रतिकित्ता १.७४ प्रतिशत अर्थात् ३.३ रुपैयाँले घटेर १८६ रुपैयाँ पुगेको छ । साथै, नेपाल एसबिआई बैंकको १.५३ प्रतिशत, प्राइम कर्मसियलको १.१६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*