एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको सीआईटीको शेयरमा आवेदन दिने आज अन्तिम दिन

२० जेष्ठ २०८१, आईतवार ०६:४४

काठमाडौं । एनआईसी एशिया बैंकले गत जेठ १३ गतेदेखि लिलामीमा ल्याएको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को शेयरमा आवेदन दिने आज (जेठ २० गते) अन्तिम दिन रहेको छ ।

यस शेयरमा इच्छुक जोकोही व्यक्तिले आवेदन दिन पाउनेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० को गुणानमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

बोलपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, बुटवल, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*