प्रभु बैंकका ग्राहकलाई न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गमा विशेष छुट

२० जेष्ठ २०८१, आईतवार ११:४१

काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजन ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर द्घारा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण बाग्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपुर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ्ग र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बाग्लुङ्ग झोलुङ्गे पुलहरुको जिल्लाको उपनामबाट परिचित छ । धौलागिरि र अन्नपुर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ्ग टे«किङ्ग, बाइकिङ्ग, ¥याफ्टिङ्ग तथा साहसिक चाहनेहरुका लागि उक्तम गन्तव्य स्थानका रुपमा लिईन्छ । कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरुबाट समेत परिचित छ । त्यस्तै बाग्लुङ्गको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष जहाँ निलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाईन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*