सहकारीको अरबौं रकम ठग्ने गिरोह छ, अब जति शक्तिशाली भएपनि कारबाही हुन्छः थापा

२० जेष्ठ २०८१, आईतवार १२:१९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको अरबौं रकम ठग्ने १६÷१७ वटा ग्यांग र गिरोह रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् ।

सहकारी ठगहरुको सन्दर्भमा जति शक्तिशाली भएपनि अब कारबाही हुने थापाले बताए । उनले भने,‘सूर्यदर्शनलगायत सहकारीबाट गोरखा मिडियामा गएको पैसा । गोरखा मिडियाका जिबी, छवि होस कि रवि, दोषी देखिए कानूनबमोजिम कारबाही गर्न सिफारिश गर्छ । नखाएको हो भने विष लाग्नुहुँदैन् । सहकारीको अरबौं रकम ठग्ने १६/१७ वटा ग्यांग र गिरोह छ । सदनलाई ढाँट्ने प्रहरी महानिरीक्षक होस वा महान्यायाधिवक्ता होस, यो समितिले कारबाही गर्छ ।’

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनेपछि आफूहरुको माग जायज रहेको कुरा पुष्टि भएको उनले बताए । कतिपय सहकारीले राम्रो काम गरेको पनि उनले दृष्टान्त सुनाए ।

उनले संसदीय छानबिन समितिले दोषी कसैलाई पनि उन्मुक्ति नदिने स्पष्ट पारेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*