हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तरण

२० जेष्ठ २०८१, आईतवार १५:५३

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरिएको हो ।

सो शाखा रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट संचालनमा आएको हो । बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले गरेको हुन् । उक्त उद्घाटन कार्याक्रममा बैंकका कर्मचारीहरुको उपिस्थतिमा रहेको थियो ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम रहेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*