बजेटले इमान्दारी प्रयास गरेको छ, अबको मौद्रिक नीति खुला आउँछः गर्भनर अधिकारी

२० जेष्ठ २०८१, आईतवार १९:०१

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बजेट मार्फत इमान्दारी प्रयास भएको बताएका छन् र इकोनोमी मिडिया सोसाइटीले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पोष्ट बजेट कार्यक्रम उनले यस्तो बताएका हुन् ।

अधिकारीले बजेटले निजि क्षेत्रलाई सँगसँगै लैजाने काम गरेको बताएका छन् । उनले भने, बजेट निर्माणमा हामी पनि संग्लन भएका हुन्छौं । बजेट इमान्दारी प्रयास भएको छ । निजि क्षेत्रलाई साथमा ल्याउन खोजेको छ । ऐन बनाएर अघि बढाउने काम आएको । सूचना प्रविधिमा जोड दिएको छ । कृषिमा समेत जोड दिएको छ ।’

गर्भनर अधिकारीले अबको मौद्रिक नीति खुला भएर आउने समेत बताए । ‘हामी मौद्रिक नीतिको तयारीमा जुटेका छौं । छलफल सुरु समेत भइसकेको छ । धेरैको चासो कर्जा, ब्याजदरमा आउने गरेको छ । अबको मौद्रिक नीति खुला आउन हामी लाग्ने छौं’ अधिकारीले भने ।

बजेट राम्रो आएको भन्दै गर्भनर अधिकारीले अब कार्यान्वयनमा जोड दिनुपर्ने तर्क राखे । ‘समयमै खर्च गर्न तिर अग्रसर हुनु पर्छ । समयमै खर्च भयो भने ६ प्रतिशत वृद्धिदर सम्भव हुन्छ’ अधिकारीले भने, ‘सबै भन्दा चुनौतीको क्षेत्र सार्वजनिक वित्त हो । राजस्व जुटाउने ठाउँ सीमित छन् । बजेट बनाउन तेति सजिलो थिएन । सीमा भित्र बसेर बजेट आएको हो ।’

माइक्रोफाइनान्स ६० लाख सदस्य भएको हुँदा नयाँ अर्का मोडल बारे नसोचेको गर्भनर अधिकारीले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*