समता घरेलु लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

२१ जेष्ठ २०८१, सोमबार ०६:५८

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको गत चैत्र २९ गतेको दशौं वार्षिक साधराण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको सभाले ५.४२२२ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

कम्पनीले चैत्र १८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस शेयर जम्मा गराएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस शेयर जम्मा गराइने कम्पनीले जनाएको छ ।

साथै, चैत्र १८ गतेसम्म शेयर धितो राखि कर्जा लिएका शेयरधनीको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का भई शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*