ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

२१ जेष्ठ २०८१, सोमबार ०८:०९

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । बैंकले बिक्रीमा ल्याइएको शेयरको संख्या भने खुलाएको छैन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई आवेदन दिनुपर्नेछ । अन्यथा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*