नेशनल लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

२१ जेष्ठ २०८१, सोमबार ०८:१७

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको सात हजार ३१२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित १० दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा १० स्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

संस्थाले यसअघि संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र संस्थापकहरूबाट आवेदन नपरेपछि सो शेयर सर्वसाधारका लागि बिक्रीमा ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*