नेपाल बीमा प्राधिकरणमा कामु कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी

२१ जेष्ठ २०८१, सोमबार १०:१६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकले कामु कार्यकारी निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक राजुरमण पौडेल गत जेठ १२ गतेदेखि अनिवार्य अवकासमा गएपछि सो पद रिक्त छ ।

रिक्त पदमा नयाँ पदपूर्ति गर्नुको साटो प्राधिकरणले कामु नियुक्तीको प्रक्रिया अघि बढाएको हो । कामु कार्यकारी निर्देशकमा बरियता क्रम अनुसार कमलराज रेग्मी, दिनेश कुमार लाल र पुजन ढुंगेल मध्ये एक जना नियुक्त हुनेछन् ।

सम्भवतः आज वा भोलि बस्ने बोर्ड बैठकले उक्त निर्णय गर्नेछ । त्यसो त अर्थ मन्त्रालयले बीमा प्राधिकरणमा तत्कालै नयाँ कार्यकारी निर्देशन नियुक्ती सम्बन्धी प्रक्रिया अघि बढाउन चाहेको छ । तर, अर्थको भावना विपरित किन कामु नियुक्ती गर्न लागियो भन्ने खुल्न सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*