डढेल्धुरामा बीमा प्राधिकरणको एक दिने तालिम सम्पन्न

२१ जेष्ठ २०८१, सोमबार १५:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका कर्मचारी तथा अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीले ‘बीमा व्यवसायमा नियामक फ्रेमवर्कका आधारभूत मुद्दाहरु’ सम्बन्धी एक दिने तालिम प्रदान गरेको हो ।

बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय डडेल्धुरा जिल्लाको रातो गुराँस रिसोर्ट एण्ड ट्रेनिङ सेन्टरमा अभिकर्ता तथा कर्मचारीहरुको भव्य उपस्थितीमा उक्त तालिम सम्पन्न भएको हो ।

तालिममा बीमा प्राधिकरणले ‘बीमा व्यवसायको नियामकका रुपमा बीमा प्राधिकरण’ को भुमिका कस्तो रहन्छ भन्ने कुरामा पनि प्रस्तूती दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*