११० कम्पनीको शेयरमा हरियाली, कुनको कति कारोबार ?

२१ जेष्ठ २०८१, सोमबार १६:२८

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अकले बढेको छ । आज नेप्से परिसूचक ३.९७ अंकले बढेर २०७९.०७ को विन्दुमा कायम भएको छ ।

आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको सोमबार १४ करोड रुपैयाँको कारोबार भएको छ ।

सोमबार बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयरमूल्य ९.६६ प्रतिशतले सर्वाधिक बढेको छ । त्यस्तै, आज हिमालयन लघुवित्तको ६.९१ प्रतिशत, नेशनल लघुवित्तको ६.०५ प्रतिशतले शेयरमूल्य वृद्धि भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*