निफ्राको ११.३५ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२२ जेष्ठ २०८१, मंगलवार ०६:३६

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ११ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा सर्वसाधारण वा संस्थाहरूले समेत खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखिन निवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको म्यादभित्र आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्था समेतले खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*