युनाइटेड मेवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

२२ जेष्ठ २०८१, मंगलवार ११:०४

काठमाडौँ । युनाइटेड मेवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि आगामी असार ६ गते बिहीबार प्रथम साधारण सभा बोलाएको हो

सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा विहान ११ बजेदेखि शुरु हुने छ । सभामा सञ्चालक समितिको बैठकबाट अनुमोदित लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९।०८० को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल एवं निर्णय हुनेछ ।

साथै, आव २०८०।०८१ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा छलफल हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*