काठमाडौँ उपत्यकामा असिनासहितको वर्षा

२२ जेष्ठ २०८१, मंगलवार ११:३०

काठमाडौँ । काठमाडौँ उपत्यकामा असिनासहितको वर्षा भएको छ । बिहानदेखि खराब रहेको मौसम करिब दिउँसो ११ बजेपछि असिनासहितको वर्षा भएको हो ।

काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा कम्तीमा दुई घण्टा वर्षा हुनेछ ।

त्यसपछि यो वर्षा काभ्रेपलाञ्चोक, सिन्धुली हुँदै पूर्वतर्फ अगाडि बढ्नेछ । पूर्वी नेपालमा पनि केही समय यसको असर देखिन सक्ने विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*