राष्ट्र बैंकका पूर्व संचालक कर्ण अख्तियारको छानबिनमा, चौधरी ग्रुपसँग घुस मागेको आरोप

२२ जेष्ठ २०८१, मंगलवार १२:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व संचालक सुबोधकुमार कर्ण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका छन् । केन्द्रिय बैंकको संचालक रहँदा कर्णले व्यवसायीसँग घुस लिएको तथा माग गरेको विषयमा अनुसन्धानका लागि अख्तियारले बोलाएको हो ।

उनले केहि सीमित व्यवसायिक घरनालाई घुस मागेको उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको हो । २०७६ सालमा चौधरी ग्रुपसँग घुस रकम माग गरेको उनीमाथि आरोप छ । चौधरी ग्रुपको लगानी लेखाङ्कन नभएको लगायतको विषय सल्टाइदिने भन्दै उनले घुस माग गरेको आरोप रहेको छ ।

उनी नेकपा माओवादीका नेताका नजिकका ब्यक्ति मानिन्छन् ।

राष्ट्र बैंकका विवादित सञ्चालक कर्ण चार महिनादेखि राष्ट्र बैंक नगई सुविधा लिँदै

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*