सन्दीप विश्वकपबाट वञ्चित हुँदा मौन बसेका रास्वपा सांसदहरु जर्सी लगाएर संसदमा

२२ जेष्ठ २०८१, मंगलवार १२:५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू नेपाली क्रिकेट टोलीको समर्थन जनाउँदै नेपाली क्रिकेट टीमको जर्सी लगाएर संसद् भवन पुगेका छन् ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफल चलिरहँदा रास्वपाका सांसदहरू नेपाली क्रिकेट टीमको जर्सी लगाएर भित्र छिरेका हुन् । १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।

तर नेपाली क्रिकेटर सन्दीप लामिछाने विश्वकपबाट वञ्चित हुँदै गर्दा भने रास्वपाका सांसदहरू मौन बसेका थिए । क्रिकेट समर्थकहरुले गहृमन्त्री रवि लामिछानेले सन्दिपलाई अमेरिकाको भिषा दिलाउन समन्वयकारी भुमिका नखलेको भन्दै निकै आलोचना गर्दै आइरहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*