ग्लोबल आइएमई लघुवित्तसहितका कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनले कति कमाए ?

२२ जेष्ठ २०८१, मंगलवार १५:१९

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६।२२ अंकले बढेर २०८५।३० को बिन्दुमा कायम भएको छ ।

मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये १२५ वटाको शेयरमूल्यमा हरियाली छाएसँगै उक्त कम्पनीका लगानीकर्ताहरुले राम्रो कमाएका छन् । त्यस्तै, आज ग्लोबल आइएमई लघुवित्त संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८।२४ प्रतिशत, महुली लघुवित्तको ७।८९ प्रतिशत, हिमालयन लघुवित्तको ७।८२ प्रतिशत र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतले वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*