भ्रष्टाचार मुद्दा दर्ता भएसँगै गोदावरीका मेयर र उपमेयर निलम्बनमा

२२ जेष्ठ २०८१, मंगलवार १६:२५

काठमाडौँ । भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी पदबाट निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुङ्गाखानीबाट रोडा, ढुङ्गा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर र उपमेयर पदीय जिम्मेवारीबाट निलम्बित भएका छन् । अदालतले सफाइ दिएमात्रै दुवै जना पुनः नगरपालिकाको काममा फर्कन पाउनेछन् ।

मेयर र उपमेयर नै निलम्बनमा परेकाले अब कार्यवाहक मेयरको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय अन्योलमा परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*