४१ माइक्रोफाइनान्सको शेयर मूल्यमा उछाल, कुनको कतिले बढ्यो ?

२२ जेष्ठ २०८१, मंगलवार १७:४४

काठमाडौँ । समग्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अकंले बढेर २०८५.३० बिन्दुमा बन्द भएको छ । मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार माइक्रोफाइनान्सको शेयर ६६.४३ अकंले बढेर ४५५३.९५ बिन्दुमा बन्द भएको छ । आजको दिन ४१ लघुवित्तको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको हो ।

यसदिन ग्लोबल आइएमई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता १३१.५ रुपैयाँले बढेर एक हजार ४४६.५० रुपैयाँ पुगेको हो । साथै, माहुली लघुवित्तको ७.८९ प्रतिशतले बढेर र समता घरेलुु लघुवित्तको ७.०१ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*