फेक डेटा प्रकरणमा जापान सरकारले टोयोटामा छापा, अन्य कम्पनीमा पनि निरीक्षण गरिने

२२ जेष्ठ २०८१, मंगलवार १८:१२

काठमाडौँ । जापान सरकारले कार निर्माता कम्पनी टोयोटामा छापा मारेको छ । फेक डेटा प्रकरणमा जापानको यातायात मन्त्रालयले टोयोटामा छापा हानेको हो ।

सुरक्षा प्रमाणीकरण परीक्षणको लागि गलत डाटा प्रदान गरेको आरोप टोयोटा माथि लागेको थियो । सो गल्ती टोयोटाले स्वीकार गरेको दोस्रो दिन जापान सरकारले टोयोटा कम्पनीका छापा हानेको अन्र्तराष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन् । टोयोटाले मात्रै २०२३ मा १ करोड १० लाखभन्दा धेरै यात्रुवाहक सवारी बिक्री गरेको थियो ।

यससँगै टोयोटाले तीनवटा मोडल कोरोला फिल्डर, कोरोला एक्सियो र यारिस क्रसको उत्पादन स्थगित गरेको छ । टोयोटालाई सुरक्षा परीक्षणको क्रममा परिमार्जित सवारी साधनहरू प्रयोग गरेको आरोप पनि लगाइएको छ । जुन सवारी साधनहरू हाल उत्पादन भएका छैनन् ।

होन्डा र सुजुकीमा पनि गलत परीक्षण रिपोर्टहरू समावेशजस्ता समस्याहरू भेटिएको छ र यी कम्पनीहरूको पनि अनुसन्धानका लागि स्थलगत निरीक्षण गरिनेछ ।

यातायात मन्त्रालयले टोयोटा, माज्दा र यामाहालाई हाल उत्पादनमा रहेका छ वटा सवारी मोडलको ढुवानी रोक्न आदेश दिएको छ ।

केही महिनाअघि, टोयोटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी दाइहात्सु र टोयोटा इन्डस्ट्रिज कर्पोरेसनले गलत तथ्याङ्क प्रस्तुत गर्नेलगायत अनियमितताका कारण उत्पादन अवरूद्ध पारिएको थियो ।

यातायात मन्त्रालयले विगत एक दशकमा तयारी वाहन निर्मातासहितका ८५ कम्पनीलाई समस्या हेर्न अनुरोध गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*