कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

२३ जेष्ठ २०८१, बुधबार ०७:१४

काठमाडौं । कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*