सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

२३ जेष्ठ २०८१, बुधबार ०७:२६

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयरमा बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपास्थित बैंकको कर्पाेरेट कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*