लाभांश रकम लिन कृषि विकास बैंकको आग्रह

२३ जेष्ठ २०८१, बुधबार ०७:५३

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश रकम लिन आग्रह गरेको छ ।

बैंकले विभिन्न साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा हुने व्यवस्था गरेको छ । तर, केही शेयरधनीहरूले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएपछि बैंंकले सूचना जारी गर्दै अद्यावधिक गराउन आग्रह गरेको छ ।

शेयरधनी आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गर्न भनिएको छ । साथै, बैंक खाताको विवरण अद्यावधिक गर्दा त्रुटी भई लाभांश प्राप्त नगरेका शेयरधनीहरूलाई पनि विवरण सच्याउन आग्रह गरिएको छ ।

पाँच वर्षसम्म पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*