आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा

२३ जेष्ठ २०८१, बुधबार १०:३०

काठमाडौँ । नेपालका लागि आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा उद्यमी विदुषी राणा नियुक्त भएकी छन् । काठमाडौँस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटन गरिएको हो ।

नवनियुक्त महावाणिज्यदूत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्यान्डको सहयोगको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।

नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा होटल याक एन्ड यतिमा आयोजित समारोहमा आइसल्यान्ड गणतन्त्रका राजदूत गुड्नी ब्रागासनले नेपाल र आइसल्यान्डबीचको द्वीपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा जोड दिए । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कुटनीतिक क्षेत्रमा महिलाले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले महावाणिज्यदूत राणाले नेपालको प्रसिद्ध क्षेत्रको प्रचार प्रसार र अन्य क्षेत्रको विकासमा भूमिका खेल्ने बताए । राणाले अवैतनिक वाणिज्यदूतको हैसियतमा नेपाल र आइसल्यान्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

काठमाडौँमा नयाँ वाणिज्य दूतावासको उद्घाटनले नेपाल–आइसल्याण्ड सम्बन्धमा नयाँ अध्यायको सङ्केत गरेको छ, जसको उद्देश्य सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम अतिथिहरूलाई अभारसहित भविष्यमा सहयोगी अवसरहरू बारे छलफलका लागि अनुमति लिदै रिसेप्शनको साथ समापन गरियो । यो अवसर नेपालको कूटनीतिक संलग्नता, सद्भाव बढाउने र आइसल्याण्डसँगको घनिष्ठ सम्बन्धमा महत्त्वपूर्ण कदम सावित हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*