घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२३ जेष्ठ २०८१, बुधबार १०:४४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा आज ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*