औद्योगिक क्षेत्रमा दैनिक १२ देखि १५ घण्टा लोडसेडिङ भइरहेको छः सांसद बराल

२३ जेष्ठ २०८१, बुधबार १२:३०

काठमाडौँ । एमाले संसदीय दलकी सचेतक सुनिता बरालले अहिले पनि औद्योगिक क्षेत्रमा दैनिक १२ देखि १५ घण्टा लोडसेडिङ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताइन् ।

‘लोडसेडिङमुक्त देश भनेर गौरव गर्दा यो खुसी काठमाडौं उपत्यकामा सीमित छ । २४ सै घण्टा चल्नुपर्ने उद्योग विद्युत् नभएका कारण क्षमताभन्दा कम उत्पादन गर्न बाध्य छन् । औद्योगिक कोरिडोरका उद्योगमा कतिबेला विद्युत् जाने भन्ने चिन्ता छ । औद्योगिक क्षेत्रमा भइरहेको १२ देखि १५ घण्टाको अघोषित लोडसेडिङ अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ बरालले भनिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*