एकल अकंले घट्यो शेयर बजार, आठ उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार

२३ जेष्ठ २०८१, बुधबार १५:०५

काठमाडौँ । शेयर बजार आज पुनः ओरालो लागेको छ । हिजो एकल अकंले बढेको बजार आज घटेको हो । मार्केटमा थुरै सुधार आउँदा पनि लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा बजारमा करेक्सन देखिएको छ । लगानीकर्ताको मनोबल समेत माथि उठ्न सकेको छैन । नियामकको सक्रियता नहुँदा शेयर बजार ओरालो लागि रहेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५८ अकंले घटेर २०७९.७१ बिन्दुमा बन्द भएको छ । बुधबार ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन चार उपसूचकमा हरियाली देखिएको छ । बुधबार फाइनान्स समूहको ०.०९ प्रतिशत, माइक्रोफाइनान्सको १.३१ प्रतिशत र म्युचुअल फण्ड समूहको ४.९२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

बुधबार एनआरएन इन्फाइन्ट्रचरको १९ करोड रुपैयाँ, सिइडिबि हाइड्रोपारको १८ करोड रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*