भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

२३ जेष्ठ २०८१, बुधबार १५:२२

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मोदीले राजीनामा बुझाएका हुन् ।

मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११.३० बजे बसेको थियो ।

मोदीले अर्को कार्यकाल पनि प्रधानमन्त्री नै बन्ने दाबी गरेका छन् । उनले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन सक्ने बताइएको छ ।

लोकसभा चुनावमा एनडीएले २९२ सिटका साथ बहुमत हासिल गरेको छ । बीजेपीले २४० सिट जितेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*