तीन लाख ६५ हजार पर्ने ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बुकिङ खुला

२३ जेष्ठ २०८१, बुधबार १७:१४

काठमाडौँ । ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बुकिङ खुला भएको छ। क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नेपाल ल्याएको इलेक्ट्रिक स्कुटर ग्यारो डीटी ६० को बुकिङ खुला भएको हो।

सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको मूल्य ३ लाख ६५ हजार रहको छ। स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम–आयोन ब्याट्री जडान गरिनुका साथै पिक पावर ४ किलोवाट छ भने यसको टर्क १५० एनएम रहेको कम्पनीले जनाएको छ।

१४० एमएम ग्राउन्ड क्लिरियन्स भएको स्कटरमा ईको, ड्राइभ र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको छ। जसअनुसार इको मोडमा चलाउँदा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ। मोड अनुसार यसको टप स्पिडसमेत फरक पार्ने कम्पनीको दाबी छ। इको मोडमा चलाउँदा प्रतिघण्टा ५१ किलोमिटर टप स्पिड पाइने स्कुटरलाई ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टा र स्पोर्ट मोडमा ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा गुडाउन सकिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*