बीमा प्राधिकरणद्धारा बीमा सूचना केन्द्र स्थापनाबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

२३ जेष्ठ २०८१, बुधबार १८:५०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापनाबारे गरिएको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा सूचना केन्द्र स्थापनाको बिषयमा निर्जिवन बीमासँग सम्बन्धीत कम्पनी र सरोकारवाला निकायहरुसँग छलफल काठमाडौंमा सम्पन्न भएको हो ।

नेपाल बीमा सर्भेयर संघ, नेपाल बीमक संघ र नेपाल बीमा प्राधिकरणबीच अन्तक्रिया कार्यक्रम यसै बिषयको सेरोफेरोमा रहेर छलफल गरिएको छ ।कार्यक्रममा बीमा प्राधिकरण अध्यक्ष सिलवालले बीमा सूचना केन्द्र कस्तो हुनुपर्छ भन्ने बिषयमा निर्जिवन बीमा कम्पनी, सर्भेयर र यसँग सम्बन्धीत सरोकारवाला निकायलाई प्रश्न गरेर सोधेका थिए ।

कम्पनी र सरोकारवालहरुले यस केन्द्रले गर्ने कामहरुको प्राधिकरणलाई सुझाव दिएका थिए।बीमितका गुनासो मात्रै नभएर बीमक र बीमितलाई कालोसूचीमा राख्नेदेखि निगरानी गर्नेसम्मका काम सूचना केन्द्रबाट हुनेछन् । राष्ट्रिय बीमा नीतिको मस्यौदामा नै बीमा सूचना केन्द्र स्थापना गर्ने प्रस्ताव बीमा प्राधिकरणले गरेको थियो ।

बीमा सूचना केन्द्रले विशेष गरेर एकभन्दा बढी कम्पनीमा अभिकर्ताको जोडबलमा क्षमताभन्दा ठूलो बीमा गर्ने र त्यसले बढाएको जोखिम, बीमाको अन्डरराइटिङमा हुने बदमासी जस्ता कार्य न्यूनीकरण गर्नसमेत सहयोग पुगने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

बीमा सूचना केन्द्रको मोडल कस्तो हुने भन्ने व्यवस्था नियमावलीले नै गर्छ । नियमावलीमा बीमित हित संरक्षण कोषको पनि प्रस्ताव गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*