नेपाल एसबिआई बैंक र फोनपेबीच एक सम्झौतापत्रमा हस्ताक्षर

२३ जेष्ठ २०८१, बुधबार १८:५०

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र फोनपे प्रालि बीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब आबद्ध एपहरू प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन् ।

बैंकले Person-to-Merchant (P2M) भुक्तानी च्यानल सञ्चालन गर्न फोनपे प्रालि सँग सम्झौता गरेको हो । नेपाल एसबिआईको फोनपे नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन्। यस सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र फोनपे प्रा. लि तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*