शेयर बजारमा म्युचुअल फण्डहरुको साढे ३० अर्ब लगानी, कुनको नाफा कति ? (सूचीसहित)

२४ जेष्ठ २०८१, बिहीबार १२:१०

काठमाडौँ । पुँजी बजारमा आएको उतार–चडाबको प्रत्यक्ष असर म्युचुअल फण्डमा परेको छ । शेयर बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष) नाफा प्रभावित भएको हो ।

हाल संचालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले सार्वजनिक गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार २८ वटाको फण्डले नोक्सानमा रहेका छन् । बाँकीले फण्ड भने नाफामा नै देखिएका छन् । चैतको तुलनामा बैशाखमा भने कुनै पनि म्युचुअल फण्डले नाफा बढाउन सकेको छैनन् ।

समग्रमा बैशाखमा फण्डहरु ७३ करोड ९३ लाख ३५ हजार रुपैयाँ घाटामा देखिएका हुन् । गत चैत महिनामा पनि २४ वटा कम्पनीहरु घाटा थिए । सो महिनामा फण्डहरुको समग्र नोक्सानी ३९ करोड ४९ लाख रहेको थियो ।

यता, म्युचुअल फण्डको शेयर बजारमा लगानी केहि झिनो अकंले घटेको छ । समग्रमा म्युचुअल फण्डले बैशाखमा ३० अर्ब ४७ करोड ९६ लाख १८ हजार रुपैयाँ लगानी सेयर बजारमा देखिएको छ । जुन चैत महिनाको तुलनामा ०.५२ प्रतिशत कमी हो । चैत महिनामा फण्डहरुले ३० अर्ब ६३ करोड ९९ लाख ५६ हजार रुपैयाँ लगानी गरेका थिए ।

बैशाखमा सबैभन्दा धेरै नाफा कमाउनेमा प्रभु सेलेक्ट फण्ड पहिलो नम्बरमा रहेको छ । बैशाखमा उक्त फण्डले ७ करोड १४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । प्रभु सेलेक्ड फन्डको शेयर बजारमा ९० करोड ८५ लाख २४ हजार रुपैयाँ लगानी छ ।

त्यस्तै, नाफा धेरै रहेको म्युचुअल फण्डको दोस्रो नम्बरमा एनआइसी एशिया ग्रोथ फण्डले ५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । जसको शेयर बजारमा लगानी ६२ करोड ५४ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

बैशाखमा धेरै नाफा रहेको तेस्रो नम्बर सूचीमा हिमालयन ‘८०–२०’ रहेको छ । फण्डले ४ करोड ५९ लाख नाफा कमाएको छ । शेय बजारमा हिमालयन ‘८०–२०’ ले ४९ करोड ८३ लाख २३ हजार रुपैयाँ लगानी गरेको छ ।

यता, एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले ४ करोड ५ लाख बढी नाफा आर्जन गरेका कम्पनीले जारी गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । फण्डको शेयर बजारमा १९ करोड ९३ लाख ९९ हजार रुपैयाँ लगानी छ ।

शेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबिएल सहभागित फण्ड रहेको छ । सो फण्डको शेयर बजारमा १ अर्ब ७० करोड ५५ लाख ५१ हजार रुपैयाँ लगानी गरेको छ । जुन सबै म्युचुअल फण्डको भन्दा धेरै हो ।

यस्तै, शेयर बजारमा एनएमबि सरल बचत फन्ड–इ को १ अर्ब ४५ करोड, सिद्धार्थ इक्विटी फन्डको १ अर्ब १६ करोड ६० लाख, एनएमबि सुलभ फन्ड–सेकेन्डको १ अर्ब १० करोड २३ लाख रुपैयाँ लगानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*