तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२४ जेष्ठ २०८१, बिहीबार १२:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

आज बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिँदा न्यूनतम १० करोड र अधिकतममा ५ करोडले निःशेष भाग जानेगरी कुल निष्काशित रकमसम्मका लागि आवेदन दिन सकिनेछ ।

साँवा र ब्याज भुक्तानी मिति असार ६ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । निक्षेप संकलनमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*