प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा सेवामा विशेष छुट

२४ जेष्ठ २०८१, बिहीबार १७:४८

काठमाडौँ। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाडौँको कमलादिस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट पाउने भएका छन् । उक्त छुट सम्बन्धी प्रभु बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलोनबीच सम्झौता सम्पन्न भएको हो ।

छुट सम्बन्धी सम्झौता पत्रमा हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक राजकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्ति मा प्रोफेशनल मेकअप, पेनलेश डिपीलेशन,हेयर कट एण्ड स्टाईलिङ, आईल्यास एक्सटेन्सन,प्रोफेशनल स्टाईलिस्ट,स्पा प्रोसिज्योर,रिजेनेरेटिङ ट्रिटमेन्ट म्यानिक्योर र पेटीक्योर जस्ता सौेन्द्रर्यसम्बन्धी सेवा लिँदा थ्रेड्रिङ्गबाहेक ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतिय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*