नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज बस्दै, केके छन् एजेण्डा?

२५ जेष्ठ २०८१, शुक्रबार ०७:५४

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज जेठ २५ गते शुक्रबार बस्दैछ । सभा रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो साढे १२ बजे देखि शुरू हुनेछ ।

सभामा यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण हुनेछ ।

सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व पर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा जेठ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*