एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

२५ जेष्ठ २०८१, शुक्रबार ११:४१

काठमाडौं । एनएमबि बैंक लिमिटेड ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । बैंकलाई विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लूएसीसी २०२४ मा अवार्ड प्रदान गरिएको हो ।

बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा स्वरूप बैंकलाई यो अवार्ड प्रदान गरिएको हो । एनएमबि बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरुपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरणीय काम गर्दै आईरहेको छ ।

एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । यस बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट समेत सम्मानित भएको थियो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*