प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

२५ जेष्ठ २०८१, शुक्रबार १२:३९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको नघल टोल २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रको सञ्चालन गर्दै कक्षा ७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई १५० थान स्कूल ब्याग, ६५ वटा कापी र ६५ वटा कलम वितरण गरेको हो ।

यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठन कार्यमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र विद्यालयका प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो ।

बैंकले देशैभरी रहेका आफ्ना ११२ शाखा कार्यालय र ३० वटा एटीएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जोशीले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*