प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा

२७ जेष्ठ २०८१, आईतवार ०८:४५

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर जोकोहीले किन्न पाउने गरी जेठ २५ गते देखि लिलामीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र फाराम काठमाडौंको लेखनाथमार्गस्थित बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति जेठ ३१ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*