नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने , न्यूनतम मूल्य कति ?

२७ जेष्ठ २०८१, आईतवार १०:५७

काठमाडौँ। नेपाल लाइफ क्यापिटलले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त शेयरमा जेठ २५ गतेसम्म कायम शेयरयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । हकप्रद शेयरमा आवेदन दिन चाहने इच्छुकले असार ११ गतेदेखि असार २५ गतेसम्म कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाडौँमा पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयभित्र आवेदन नपरेको खण्डमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*