हितग्राही खाता सञ्चालन बापतको शुल्क बुझाउन एनआइसी एशिया क्यापिटलको अनुरोध

२७ जेष्ठ २०८१, आईतवार ११:३०

काठमाडौँ। धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता सञ्चालन वापतको वार्षिक शुल्क बुझाउन एनआइसी एशिया क्यापिटलले अनुरोध गरेको छ । क्यापिटलले आगामी असार मसान्तसमम वार्षिक १०० रूपैयाँ सञ्चालन शुल्क बुझाउन भनेको हो ।

सम्बन्धित हितग्राही खाता सञ्चालन गर्ने ग्राहकहरूले क्यापिटलको कार्यालय थापाथली, काठमाडौं वा एनआईसी एशिया बैंकको नजिकको शाखा कार्यालयबाट रकम बुझाउन सक्ने क्यापिटलको भनाई छ ।

२०८० साल असार मसान्तसम्म हितग्राही खाता खोली कारोबार गर्दै आएका सदस्यहरूले असार ३१ गतेभित्र वार्षिक शुल्क नबुझाए खाता रोक्का हुने क्यापिटलले जानकारी दिएको छ । साथै यस क्यापिटल तथा एनआईसी एशिया बैंक मार्फत मेरो शेयर अनलाईन सेवा लिएका सदस्यहरूले वार्षिक नविकरण शुल्क ५० रूपैयाँ समेत असार मसान्तभित्र बुझाउनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*