नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने

२७ जेष्ठ २०८१, आईतवार ११:४९

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने चयन भएकी छन् । कम्पनीको गत जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पश्चात बसेको सञ्चालक समितिको उनलाई अध्यक्ष चयन गरेको हो ।

सभाले चार जना सञ्चालक चयन गरेको छ । संस्थापक शेयरधनीबाट चयन हुने चार जना सञ्चालकमध्ये संगठित संस्था नेष्डो नेपालको तर्फवाट सावित्री खत्री क्षेत्री लामिछाने, निर्मला क्षेत्री र रेशम बहादुर खत्री साथै अन्य संस्थापक सदस्यहरुको तर्फबाट रत्न प्रसाद अधिकारी सञ्चालकमा चयन भएका छन् ।

सोही बैठकले जोखिम व्यवस्थापन समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रत्न प्रसाद अधिकारी र कर्मचारी सेवा सुविधा समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रेशम वहादुर खक्रीलाई नियुत्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*