आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटयो राष्ट्र बैंक

२७ जेष्ठ २०८१, आईतवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो ।

बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय÷सुझाव नै मागेको छ । आज जारी एक सूचनाअनुसार यही असार १६ भित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनिएको छ ।

केन्द्रीय बैंकले साउन पहिलो साता भित्र मौद्रिक नीति ल्याउनेगरी तयारी गरेको देखिन्छ । केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम मौद्रिक नीति सार्वजनिक गर्दै आएको । मौद्रिक नीतिमा सुझाव दिन चाहनेले आर्थिक अनुसन्धान विभागको ठेगानामा पठाउनुपर्नेछ ।

आगामी वर्षको बजेट प्रस्तुत गरिसकेपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तादाम्यता मिलाउनेगरी मौद्रिक नीति आउनेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले नेपाल राष्ट्र बैंकलाई नचिढ्याउने नीतिअनुरुप यस्तो बताएका थिए ।

अर्थमन्त्री पुनले भनेजस्तै बजेटले लिएका लक्ष्य र नीतिलाई मौद्रिक नीतिले समेट्छ वा समेट्दैन भन्ने विषय सार्वजनिक भएपछि नै देखिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*