हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण, ५७ कम्पनीको शेयर मूल्यमा सुधार (सूचीसहित)

२७ जेष्ठ २०८१, आईतवार १७:३०

काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार समग्रमा केहि घटेपनि हाइड्रोपावरमा भने उत्साह देखिएका छ । अधिकांश समूहको शेयर राताम्य हुँदा हाइड्रोपावरका शेयरमा सुधार देखिएको हो ।

हाइड्रोपावर समूह २४.१७ अकंले बढेर २५२७.०७ बिन्दुमा बन्द भएको छ । आज कारोबारमा आएका ९१ हाइड्रोपावरमा ५७ कम्पनीको शेयर मूल्य बढेको छ । यसदिन ३३ कम्पनीको शेयर मूल्य घट्दा १ हाइड्रोपावरको मूल्य भने स्थिर रहेको हो ।

आइतबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा चार कम्पनी हाइड्रोपावर सेक्टरको रहेको छ । यसदिन इस्र्टन हाइड्रोपावर, शुभम पावर, कुथेली बुखेरी स्मल हाइड्रोपावर र भगवति हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

यसदिन माउन्टेन इनर्जीको शेयर ५७५ रुपैयाँमा स्थिर रहन पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*