नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई

२७ जेष्ठ २०८१, आईतवार १८:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई भइरहेको छ । प्राधिकरणमा गत जेठ १२ गतदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा अझै पनि पूरा गर्न अध्यक्ष सूर्य प्रसाद  सिलवालले सकेका छैनन् ।

कार्यकारी निर्देशक नियुक्ती गर्नुको साटो कामु कार्यकारीको बाटोतिर लागेपछि परिस्थिति झनै गम्भिर मात्रै बनेको छैन अध्यक्ष र सञ्चालक समितिका सदस्यहरुकै नियतमाथि शंका उत्पन्न भएको छ ।

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा राजनीतिक हस्तक्षेपको असर तथा अस्थिरता उत्पन्न गरेर लाभ लिन खोज्ने तत्वहरुका लागि फाइदा हुने कार्यप्रति प्राधिकरणभित्रै असन्तुष्टि बढिरहेको छ ।

बीमा प्राधिकरणको सञ्चालक समितिको पदेन तथा बैठकको माईन्यूट गर्ने जिम्मेवारी कार्यकारी निर्देशकको हुने गर्दछ । हाल निर्देशक दिनेश कुमार लाललाई बैठकको माईन्यूट गर्ने जिम्मेवारी तोकिए पनि अन्य अधिकार दिइएको छैन ।

अर्थ मन्त्रालयले बीमा प्राधिकरणमा तत्कालै नयाँ कार्यकारी निर्देशन नियुक्ती सम्बन्धी प्रक्रिया अघि बढाउन चाहेको देखिन्छ । तर, अर्थको भावना विपरित किन कामु नियुक्ती गर्न लागियो भन्ने खुल्न सकेको छैन ।

संचालक समितिमा पनि अध्यक्ष सिलवालले एजेण्डा बनाएर लान जरुरी नसम्झेर अन्य बिषयमा बोर्डका पदाधिकारीहरुसँग मन चोर्न अन्तिममा कुरा उठाउने गरेका छन् । यस बिषयमा संचालक समितिको प्रत्येक बैठकको अन्त्यमा छपलफल हुने गरेपनि तत्काल आफनो एस म्यान कार्यकारी निर्देशक नबन्ने हो कि भनेर हाल उक्त एजेण्डा बोर्डमा समावेश गर्नु जरुरी नठानेको देखिन्छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*