कुमारी बैंकको १४.६१ लाख कित्ता शेयर लिलामीमा

२८ जेष्ठ २०८१, सोमबार ०६:५५

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १४ लाख ६१ हजार ६०० कित्ता शेयर लिलामीमा ल्याएको छ ।

बैंकले उक्त लिलामी शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक, सर्वसाधारण वा कम्पनीहरूले कम्तिमा न्यूनतम मूल्य र सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १० हजार कित्ताको आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन् ।

आवेदन दिन इच्छुकले आज जेठ २८ गते देखि असार २ गतेसम्म काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा बोलपत्र फाराम बुझाउनु पर्नेछ । बोलपत्र फाराम सोही स्थानमा पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*