प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका

२८ जेष्ठ २०८१, सोमबार ०७:५१

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आज जेठ २८ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो ।

उक्त लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा आवेदन दिनु पर्नेछ । आवेदन दिने अन्तिम मिति असार ३ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*