मनकामना स्मार्ट लघुवित्तको लक इन अवधि असार २७ गते सकिने

२८ जेष्ठ २०८१, सोमबार ०८:२२

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि सकिने भएको छ । आउदो असार २७ गते कम्पनीको १० लाख बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।

यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारण (कर्मचारीहरू समेत) मा बिक्री खुला गरेको आईपीओ असार २८ गते बाँडफाँड गरेको थियो । धितोपत्र बोर्डले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक शेयरधनी तथा कर्मचारीले धारण गरेको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम हाल कम्पनीको १० लाख आठ हजार ३५.४३ कित्ता संस्थापक शेयर र सात हजार ४२४.५३ कित्ता  कर्मचारीहरूको शेयर (बोनस शेयर समेत) लक इनमा रहेको छ ।

साथै, कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने शेयर खरिद बिक्री गर्न नपाईने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*